News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा आएको बाढीका कारण तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग स्थगित भएको छ।
- इन्फिनिटी ड्रिम्स प्रालिले सामाजिक सञ्जालमार्फत पीडित परिवार र प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय गरेको जनाएको छ।
- यसअघि लिग १५ देखि २४ असोजसम्म दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने तय भएको थियो।
१६ भदौ, काठमाडौं । तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ ।
इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ ।
यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो ।
बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न परिस्थितिका कारण स्थगित गर्ने निर्णय भएको जारी प्रेस विज्ञप्तिमा लेखिएको छ ।
प्रतिक्रिया 4