+

एनभीएल विजेतालाई घरेलु भलिबलकै सर्वाधिक पुरस्कार राशि

२०८३ भदौ  १७ गते १६:०६ २०८३ भदौ १७ गते १६:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको पहिलो संस्करणका विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।
  • आयोजकले यो पुरस्कार राशि नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक भएको जनाएको छ ।
  • एनभीएल शुक्रबार १९ भदौदेखि सुरु हुँदै ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

१७ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।

आयोजकका अनुसार यो पुरस्कार राशि नेपाली घरेलु भलिबल इतिहासकै सर्वाधिक हो ।

एनभीएलले पहिलो संस्करणमै विजेता टोलीका लागि २० लाख रुपैयाँ पुरस्कार घोषणा गर्दै घरेलु भलिबलमा नयाँ कीर्तिमान कायम गरेको जनाएको छ ।

नेपाल भलिबल लिग शुक्रबार (१९ भदौ) देखि सुरु हुँदैछ । प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय