+
एसीसी प्रिमियर कप :

करण-अर्जुन चम्किँदा प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

२०८३ भदौ  १८ गते ११:४९ २०८३ भदौ १८ गते ११:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • करण केसीले ४ विकेट लिएपछि नेपालले मलेसियालाई ६ विकेटले हराउँदै एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
  • १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो, अर्जुन कुमालले अविजित ४५ रन बनाए।
  • नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो र अब आइतबार हङकङसँग खेल्नेछ।

१८ भदौ, काठमाडौं । बलिङमा करण केसी तथा ब्याटिङमा अर्जुन कुमालले राम्रो प्रदर्शन गरेपछि मलेसियामा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।

बिहीबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अर्जुन कुमालले अविजित ४५ रन बनाए भने इशान पान्डेले २० तथा दीपेन्द्रसिंह ऐरीले अविजित १२ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए ।

विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । अब नेपालले आइतबार साउदी अरेबियासँग खेल्नेछ ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय