+
+
Shares

प्रधानमन्त्रीसँग नेकपा नेता वर्षमानको भेट

प्रधानमन्त्री बालेन शाहसँग नेकपाका नेता वर्षमान पुनले भेट गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह र नेकपा नेता वर्षमान पुनबीच सिंहदरबारस्थित कार्यालयमा रसुवाको भोटेकोशी-त्रिशूली बाढीपछि खोज, उद्धार, उपचार र राहतबारे छलफल भएको छ।
  • उनीहरूबीच बाढीबाट प्रभावित पूर्वाधारको पुनर्निर्माण र पुनः सञ्चालनबारे पनि कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
  • प्रधानमन्त्रीले आजै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग पनि भेटेर बाढीपछिको अवस्थाबारे छलफल गरेका छन्।

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग नेकपाका नेता वर्षमान पुनले भेट गरेका छन्।

उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो। भेटमा उनीहरूबीच रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै, उनीहरूबीच बाढीबाट प्रभावित भएका पूर्वाधारलाई पुनर्निर्माण र पुन: सञ्चालनको विषयमा छलफल भएको छ।

प्रधानमन्त्रीसँग यसअघि आजै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए। उनीहरूबीचको भेटमा पनि बाढीपछिको अवस्थाका विषयमा कुराकानी भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?