News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा ढलेका छन् ।
- संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चेकजाँच गर्दा खड्काको उच्च रक्तचाप देखिएको छ ।
- सामान्य परीक्षणपछि खड्कालाई वीर अस्पताल लगिँदैछ ।
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा ढलेका छन् ।
उनी ढलेपछि कांग्रेसका सांसदहरू उठाउन लागे । त्यसक्रममा सांसद सोम शर्मा बोलिरहेका थिए । सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मालाई बोल्न केहीबेर रोके । केहीबेरपछि शर्मालाई बोल्न सभामुखले अनुमति दिए ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार, खड्कालाई उच्च रक्तचाप देखिएको छ ।
‘त्यहीँ (संसद् सचिवालय) चेकचाँज गर्दा यस्तो देखिएको हो,’ गिरीले भने, ‘अहिले उहाँलाई सामान्य परीक्षणपछि वीर अस्पताल लगिँदैछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4