+
+
Shares

राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज : अर्जुननरसिंह केसी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १५:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढीपीडितलाई राहत वितरणमा एकद्वार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् ।
  • उनले राहत सामग्री सदमुकाम र हेडक्वार्टरमा थुप्रिएको भन्दै प्रणालीलाई प्रभावकारी, पारदर्शी र विकेन्द्रीकृत गर्न आग्रह गरे ।
  • केसीले जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको भन्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न र रसुवा बाढीबारे दातृ निकायको सम्मेलन गर्न सरकारलाई आग्रह गरे ।

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावत राहत वितरणमा एकद्धार प्रणाली केन्द्रीकृत सोचको उपज भएको बताएका छन् ।

‘एकद्धार प्रणालीको नाममा जुन खालको केन्द्रीकृत सोच अपनाइएको छ । यो अत्यन्त आपत्तिजनक छ,’ उनले भने, ‘राहतका सामग्री सदमुकाम र हेडक्वार्टरमा थुप्रिएका छन् । पीडितहरू भोकभोकै रात बिताउन बाध्य छन् ।’

यसकारण यसलाई प्रभावकारी र पारदर्शी बनाउँदै विकेन्द्रीकरण गर्नुपर्ने उनको आग्रह छ ।

साथै, नेपालले जलवाु परिवर्तनको असर नेपालले भोगिरहेको पनि उठाए । नेपालले नगरेको विषयमा दण्ड भोगिरहेको भन्दै यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताए ।

यसमा सरकार अगाडि बढ्दा सबै दलले साथ दिने उनले बताए ।

रसुवा बाढीको विषयामा दातृ निकायको सम्मेलन गर्न आवश्यक रहेको र यसको तयारीका लाग्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?