News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले रसुवाको भोटेकोशी नदीको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ।
- उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई नि:शुल्क औषधि उपचार उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
- उद्धार तथा खोजीका क्रममा मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख राहत दिने निर्णय भएको छ।
१८ भदौ, काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
साथै, उद्धारका क्रममा घाइते भएमा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई नि:शुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।
गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार, उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तो छ निर्णय–
रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा नि:शुल्क औषधि उपचार, मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख राहत उपलब्ध गराउने ।
प्रतिक्रिया 4