+
+
Shares

उद्धार कोषमा भेटेरिनयन संस्थाले गर्‍यो २७ लाख ७७ हजार ७७७ सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्तिपुर भेटले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ।
  • संस्थाले बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग गर्ने उद्देश्य राखेको जनाएको छ।
  • कान्तिपुर भेटले भोटेकोशीमा बाढी आएको दिनदेखि विपद् प्रभावित क्षेत्रमा नि:शुल्क भेटेरिनरी औषधि उपलब्ध गराउँदै आएको छ।

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भेटेरिनयन संस्था ‘कान्तिपुर भेट’ले २७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेको छ ।

देशका विभिन्न भागमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै उक्त भेटले सहयोग गरेको हो ।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुन:स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरेको जनाइएको छ ।

साथै, भोटेकोशीमा बाढी आएको दिनदेखि नै विपद् प्रभावित क्षेत्रमा नि:शुल्क भेटेरिनरी औषधि उपलब्ध गराउँदै आएको पनि जनाइएको छ ।

भेटेरिनरी एसोसिएसनलगायत विभिन्न निकायमार्फत भेटेरिनरी औषधि नि:शुल्क दिने गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?