+
+
Shares

६ दिन पछि बस्नेगरी प्रतिनिधिसभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक ६ दिनपछि बस्नेगरी स्थगित भएको छ र अर्को बैठक भदौ २४ गते बस्ने सभामुख डोलप्रसाद अर्यालले जानकारी गराए ।
  • युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गरे, र सभाले स्वीकृत गर्‍यो ।
  • ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता र कानुन मन्त्री सोबिता गौतमले सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी सम्झौता पेस गरिन् ।

१८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित ६ दिन पछि बस्नेगरी स्थगित भएको छ ।

बिहीबार बसेको बैठकमा आकस्मिक समय, शून्य समय र विशेष समय चल्यो ।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

जसलाई सभाले स्वीकृत गर्‍यो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गरे ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेश गरिन् ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक यही भदौ २४ गते बस्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?