+
+
Shares

साल्ट ट्रेडिङ र खाद्य कम्पनीलाई १ प्रतिशत भन्सारमै २५ हजार टन चिनी ल्याउन स्वीकृति

अहिले बजारमा व्यवसायीले चिनी अभाव भएको भन्दै प्रतिकिलो १ सय ४० रुपैयाँसम्म बिक्री गरिरहेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बजारमा चिनी आपूर्ति सहज बनाउन १ प्रतिशत भन्सार महसुलमा २५ हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ ।
  • मन्त्रिपरिषद्ले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई चिनी आयातको जिम्मा दिएको छ ।
  • चिनीको मूल्य नियन्त्रण र उपभोक्तालाई सुलभ दरमा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।

१८ भदौ, काठमाडौं । सरकारले बजारमा चिनी आपूर्ति सहज बनाउन सहुलियत दरमा भारी परिमाणमा चिनी आयात गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले जम्मा १ प्रतिशत भन्सार महसुलमा २५ हजार टन चिनी आयात गर्न स्वीकृति प्रदान गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारी स्वामित्वका दुई कम्पनीलाई सहुलियत दरमा चिनी आयातको जिम्मा दिइएको बताए ।

प्रवक्ता पोखरेलका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत कुल २५ हजार टन चिनी आयात गरिने छ ।

बजारमा चिनीको मूल्य नियन्त्रण गर्न र उपभोक्तालाई सुलभ दरमा उपलब्ध गराउने उद्देश्यबाट सरकारले भन्सार महसुलमा भारी छुट दिँदै १ प्रतिशतमात्र महसुल लाग्ने व्यवस्था गरेको हो ।

मन्त्रिपरिषद्को यो स्वीकृतिसँगै अब साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीले तत्काल चिनी आयात प्रक्रिया अघि बढाउनेछन् ।

अहिले बजारमा व्यवसायीले चिनी अभाव भएको भन्दै प्रतिकिलो १ सय ४० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?