+
+
Shares

मलेसियाको श्रमिक भर्नामा २५ कम्पनी छनोटबारे छानबिन गर्न लामिछानेको प्रतिबद्धता

संघले २५ संस्था छनोटको आधिकारिकता, मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २०:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको श्रमिक भर्ना प्रक्रियामा २५ संस्था मात्र समेटिएको विषयमा रास्वपा सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।
  • संघले २५ संस्था छनोटको आधिकारिकता, मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ ।
  • लामिछानेले अनियमितता वा दोषी देखिए सम्बन्धित व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ ।

१८ भदौ, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको श्रमिक भर्ना प्रक्रियामा सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था मात्रै समेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष डिकबहादुर खत्री नेतृत्वमा गएको प्रतिनिधिमण्डलले लामिछानेलाई भेटेर वैदेशिक रोजगार क्षेत्रका समस्या र नीतिगत सुधारका विषयमा छलफल गरेको हो ।

भेटमा मलेसियाको श्रमिक भर्ना प्रक्रियामा फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम मार्फत २५ वटा मात्रै वैदेशिक रोजगार व्यवसायी संस्थालाई समेटेर अन्य व्यवसायीलाई प्रक्रियाबाट बाहिर राख्ने प्रयास भएको विषय प्रमुख रूपमा उठाइएको संघले जनाएको छ ।

संघले २५ संस्था छनोटको आधिकारिकता, मापदण्ड, पारदर्शिता, निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेको छ ।

छलफलमा लामिछानेले उक्त विषयमा छानबिन गरी अनियमितता वा दोषी देखिए सम्बन्धित व्यक्ति तथा संस्थामाथि कानुनी कारबाही अघि बढाउन पहल गर्ने प्रतिबद्धता जनाएको संघले जनाएको छ ।

संघले वैदेशिक रोजगार क्षेत्रमा सीमित समूहको एकाधिकार र अस्वस्थ प्रतिस्पर्धा स्थापित गर्ने प्रयासले श्रमिक, व्यवसायी तथा नेपाल–मलेसिया श्रम सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने बताएको छ ।

श्रमिकको हित, व्यवसायीको समान अधिकार र वैदेशिक रोजगार क्षेत्र थप मर्यादित, व्यवस्थित तथा श्रमिकमैत्री बनाउन प्रक्रिया पारदर्शी, प्रतिस्पर्धात्मक र समान अवसरमा आधारित हुनुपर्ने संघको धारणा छ ।

भेटमा वैदेशिक रोजगार क्षेत्रको संस्थागत सुधारका लागि राजनीतिक दल, सरकार र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको विषयमा समेत छलफल भएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?