+
+
Shares

सुन तोलामा २५ सय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १०:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ।
  • एक सातामा सुनको मूल्य प्रतितोला ११ हजार १ सय रुपैयाँ घटेको छ, अघिल्लो शुक्रबार ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो।
  • शुक्रबार चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

१९ भदौ, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातामा भने सुनको मूल्य ११ हजार १ सय रुपैयाँ घटेको हो । यसअघि गत शुक्रबार सुनको भाउ प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ४० रुपैयाँ बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार ७२५ रुपैयाँ थियो । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९६५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?