News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका विष्णु माझीले तीजका अवसरमा ‘घरबार’ गीत सार्वजनिक गरेकी छन्, जसमा सुन्दरमणी अधिकारीको शब्द र संगीत छ।
- गीतमा विवाहपछिको घरबार, महिलाका भावना, परिवारको सुखदुःख र वैदेशिक रोजगारीसम्बन्धी पीडा चित्रण गरिएको छ।
- बिहीबार सार्वजनिक भएको यो गीत युट्युबमा समाचार लेख्दासम्म १९ लाख पटक हेरिएको छ।
काठमाडौं । गायिका विष्णु माझीले यसवर्षको तीज पर्वको अवसरमा पनि गीत ल्याएकी छन् । ‘घरबार’ बोलको यो गीतमा उनका श्रीमान सुन्दरमणी अधिकारीको शब्द र संगीत छ ।
माझीको गायन समावेश छ । गीतमा विवाहपछिको घरबार, महिलाका भावना तथा परिवारको सुखदुःखलाई चित्रण गरिएको छ । साथै, वैदेशिक रोजगारीको प्रसंग समेत समेटिएको छ ।
लामो समयदेखि सार्वजनिक जीवनमा नदेखिएकी माझीले हरेक वर्ष तीजमा गीत ल्याउने गर्छिन् । यो गीतको लम्बाइ ११ मिनेट छ र विदेशमा श्रीमानको दुर्घटनापछि श्रीमतीले भोग्नुपर्ने पीडा तथा वेदनालाई दर्शाइएको छ ।
यस गीतमा पनि ललिता पौडेलले नृत्य र अभिनय गरेकी छन् । माझी र अधिकारीका केही वर्षयताका हरेक गीतमा ललित प्रस्तुत हुँदै आएकी छन् । साथै, सुन्दरमणीको पनि भिडियो निर्देशन र अभिनय छ । नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् ।
बिहीबार सार्वजनिक भएको यो गीतलाई युट्युबमा यो समाचार लेख्दासम्म १९ लाख पटक हेरिएको छ ।
प्रतिक्रिया 4