News Summary
Generated by OK AI. Editorially reviewed.- राजु श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘कंगाल करोडपति’को छायांकन शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभमुहूर्त पूजासहित शुरू भएको छ।
- प्रवीण आचार्यको प्रस्तुतिमा बन्ने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङलगायतले अभिनय गर्नेछन्।
- फिल्मका निर्माताले रसुवा, नुवाकोट र धादिङको बाढीपहिरो पीडित सहयोगार्थ ५१ हजार रुपैयाँ दिने जनाएको छ।
काठमाडौं । राजु श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘कंगाल करोडपति’को छायांकन सुरु भएको छ । शुक्रबार कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त पूजासहित फिल्मको सुटिङ थालिएको हो ।
प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदमसिंह राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडाको अभिनय छ ।
भदौ २९ गतेदेखि फ्लोरमा जाने तयारीमा रहेको फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन् । सह-निर्मातामा अश्विन बराल, दिपेश तिरुवा तथा प्रविन राई छन् ।
संवाद तथा पटकथा चानस पुन मगरले लेखेका हुन् । पाठशाला प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन तथा देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ ।
फिल्ममा एसडी योगी, नीराजन राई र दिप्सन लिम्बुसहित तीन जना संगीतकारको संगीत रहनेछ भने नृत्य निर्देशन प्रदीप लामाले गर्नेछन् । जीवन गौतम मुख्य सह-निर्देशक रहेको फिल्ममा निर्माण नियन्त्रक सरोज श्रेष्ठ र कला निर्देशक सुदीप अधिकारी छन् ।
सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने फिल्मले मुहूर्तअघि हालै रसुवा, नुवाकोट र धादिङमा भएको बाढीपहिरोमा ज्यान गुमाउनेप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो । निर्माताले बाढीपहिरो पीडितको सहयोगार्थ ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ ।
प्रतिक्रिया 4