+
+
Shares

रसुवा बाढी : अहिलेसम्म १२९४ जनाको निधन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझसम्म बाढीमा परी मृत्यु भएकामध्ये १२ सय ९४ जनाको शव भेटिएको जनाएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा हालसम्म १२ सय ९४ जनाको शव भेटिएको र ५ हजार ५३ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
  • प्राधिकरणका अनुसार बाढीबाट १३ हजार ९५ जनाको उद्धार भएको छ र रसुवा, नुवाकोट तथा धादिङका ३७ होल्डिङ सेन्टरमा ४,६२७ जना आश्रयमा छन्।
  • बाढीले ७,५७० घर, ४८ सरकारी संरचना, १८ विद्यालय, ७ स्वास्थ्य संस्था, ५५ किलोमिटर सडक र ७८३ मेगावाट विद्युत उत्पादनमा क्षति पुर्‍याएको छ।

१९ भदौ, काठमाडौं । भदौ १० गतेको रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव भेटिएको जनाएको हो।

बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिए। उनले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जना व्यक्तिहरू आश्रयमा रहेको जानकारी दिए।

बाढीका कारण ७,५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२,९३३ जनसंख्या प्रभावित भएको प्रारम्भीक आंकलन रहेको उनले बताए।

त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीका कारण ५५ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारी दिए।

त्यस्तै १,८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७,६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने आकलन गरिएको प्राधिकरणले जानकारी दिएको छ। बाढीका कारण ३ जलविद्युत आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति हुँदा ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको समेत प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?