+
+
Shares

‘अक्षरा’ को ट्रेलर सार्वजनिक, कमाइको १० प्रतिशत प्रधानमन्त्री कोषमा जम्मा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते ६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २६ भदौदेखि प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
  • निर्माताले आफ्नो हिस्साको १० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएका छन् ।
  • फिल्मले छोरीको चाहना विपरीत जबरजस्ती विवाह गराउँदा उत्पन्न पारिवारिक र सामाजिक समस्या देखाएको छ ।

काठमाडौँ । २६ भदौदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा निर्माताले ट्रेलर सार्वजनिक गरे ।

सो अवसरमा निर्माताले आफ्नो हिस्सामा आउने कमाइको १० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिदिने समेत बताएका थिए ।

ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पारेको छ । अभिभावकले छोरीको चाहना र इच्छाविपरीत खान्दानी केटो हेरेर जबरजस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक असरलाई मुख्य विषयवस्तु बनाइएको छ ।

विनयराज पौडेल निर्देशित फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का शीर्ष भूमिकामा छन् । उनीहरूसँगै सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी लगायतको अभिनय छ ।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता सोनी थापा हुन् भने उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले लगानी गरेका छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?