+
+
Shares

‘झिँगेदाउ २’ को गीत ‘जेठानी, देउरानी’ सार्वजनिक, आँचल र केकीको दोहोरी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते ६:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असोज २ गते रिलिज हुने फिल्म ‘झिँगेदाउ २’ को तीज लक्षित ‘जेठानी भर्सेस देउरानी’ गीत ओएसआर डिजिटलबाट सार्वजनिक भएको छ।
  • सार्वजनिक ७ मिनेट लामो गीतमा केकी अधिकारी र आँचल शर्माबीचको झगडा देखाइएको छ, जसमा बाबुल गिरीको शब्द र संगीत छ।
  • फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी, तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजाको सहनिर्माण छ।

काठमाडौं । असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’ को तीज लक्षित गीत सार्वजनिक भएको छ । ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

७ मिनेट लामो गीतमा फिल्मका मुख्य दुई पात्रबीचको झगडा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार केकी अधिकारी र आँचल शर्माको झगडा प्रस्तुत गरिएको छ । फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छिन् ।

गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी छ ।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सह-निर्माता हुन् । विष्णु घिमिरे ‘कल्पित’को छायांकन रहेको फिल्ममा मित्र गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ ।

फिल्ममा महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसालको पनि अभिनय छ ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?