+
+
Shares

बाढी प्रभावितलाई राहत बाँड्दै मुन्नी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २० गते ७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार प्रियना आचार्य ‘मुन्नी’ भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवामा राहत सामग्री बोकेर पुगेकी छन् ।
  • उनले पीडितका लागि खाद्यान्न र अन्य सामग्री जुटाएर आफ्नै व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री पठाएकी हुन् ।
  • आचार्यले फिल्मको प्रचारप्रसारभन्दा बाढीका कारण बिचल्लीमा परेका मानिसलाई राहतको खाँचो रहेको भन्दै मानवीय अभियानलाई प्राथमिकता दिएको बताइन् ।

काठमाडौँ । कलाकार प्रियना आचार्य ‘मुन्नी’ अहिले भोटेकोशी बाढीबाट प्रभावितहरूको राहतमा जुटेकी छन् । विपद्को यो घडीमा उनी बाढी पीडितको पीडामा मल्हम लगाउन ब्यस्त छिन् ।

उनी राहत सामाग्री बोकेर प्रभावित क्षेत्र नुवाकोट तथा रसुवा पुगेकी छन् । बाढीपीडितको सहयोगका लागि प्रियनाले आफ्नै व्यक्तिगत पहलमा ५ गाडी राहत सामग्री त्यसतर्फ पठाएकी हुन् ।

पीडितका लागि आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री जुटाएर पठाइएको अभिनेत्री आचार्यले जानकारी दिइन् । उनले भनिन्, ‘अहिले फिल्मको प्रचारप्रसारभन्दा पनि बाढीका कारण बिचल्लीमा परेका मानिसलाई राहतको खाँचो छ । त्यसैले अहिले म पूर्ण रूपमा यसै अभियानमा सक्रिय भएर लागेकी छु ।’

उनी अभिनित फिल्म ‘कार्की साइँला’ आगामी असोज २ गतेदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । फिल्म हलमा लाग्न दुई साता पनि बाँकी नरहेको अवस्थामा प्रचारमा जुट्नुपर्ने भए पनि उनले यतिबेला मानवीय सहायतालाई प्राथमिकता दिएकी हुन् ।

भारी बोकेर जीविकोपार्जन गर्ने कार्की साइँला नामक पात्रको कथामा आधारित यस फिल्ममा जितु नेपाल र प्रियना आचार्यको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?