+
+
Shares

बाजुराको वीरेखोलामा बाढी, २३ परिवार विस्थापित

बाढीपछि बिस्थापित २३ परिवारलाई सुरक्षित स्थानका सारिएको कार्यवाहक वडाध्यक्ष बडुवालले जानकारी दिए ।

प्रकाश सिंह प्रकाश सिंह
२०८३ भदौ २० गते १८:४५

२० भदौ, बाजुरा । बाजुराको वीरेखोला झरनामा भीषण बाढी आउँदा २३ परिवार विस्थापित भएका छन् । शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै वीरेखोलामा ठूलो बाढी आएको थियो ।

सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–६ र ८ को सीमामा पर्ने वीरेखोला झरनामाथि पहिरोले खोला थुनिएर बनेको ताल फुटेपछि बाढी आएको स्थानीय लालसिंह साउँदले बताए ।

‘एक्कासी बाढी आउँदा घरबाहिर निस्केर हिँडेका छौं,’ उनले भने, ‘अहिलेसम्म न खाना छ, न त बास छ ।’

बाढीले मानवीय क्षति तथा घरमा प्रत्यक्ष क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढी आएपछि २३ परिवार विस्थापित भएका छन् । थप १८ परिवारसमेत जोखिममा रहेको स्थानियले बताए ।

बाढीले ४१ परिवार प्रभावित रहेको बडीमालिका नगरपालिका–६ का कार्यवाहक वडाध्यक्षपरे बडुवालले जानकारी दिए ।

उनका अनुसार बाढीले एक माछा पोखरी, दुई वटा पानी घट्ट र वीरेखोला झरनाको टिकट काउन्टरमा क्षति पुर्‍याएको छ । यस्तै, किसानको  धानबालीसमेत बगाएर खेतलाई बगरमा परिणत गरेको उनले बताए ।

बाढीपछि बिस्थापित २३ परिवारलाई सुरक्षित स्थानका सारिएको कार्यवाहक वडाध्यक्ष बडुवालले जानकारी दिए ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?