+
+
Shares

पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा पूर्ण बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते ७:३८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पूर्ण रूपमा बन्द रहने भएको छ।
  • रसुवाको भोटेकोशीमा १० भदौमा आएको बाढीले सडक क्षति गरेपछि मर्मतका लागि पृथ्वी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो।
  • मर्मत अवधिभर एम्बुलेन्स र शववाहनबाहेक सबै सवारीसाधनको सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

२१ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड आज दोस्रो दिन पनि २ घण्टा पूर्ण रूपमा बन्द रहने भएको छ।

१० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि मर्मतका लागि राजमार्ग बन्द गरिएको धादिङ प्रशासनले जनाएको छ ।

बाढीले राजमार्गमा क्षति गरेपछि सडक एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ ।

मर्मत अवधिभर अत्यावश्यक सवारीसाधन (एम्बुलेन्स र शववाहन) बाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रशासनले शनिबार पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर सडक मर्मतको काम गरेको थियो ।

सडक मर्मतको काम नसकिएपछि प्रशासनले आज पनि आवगामन पूर्ण रूपमा रोकेर सडक मर्मतको कामलाई तीव्रता दिएको हो ।

प्रशासनले सडक बन्द हुँदा यात्रु तथा सवारीचालकहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सबैमा अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?