+
+
Shares

वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते ९:३४

२१ भदौ, जनकपुरधाम । वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ जनकपुरधाको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ ।

मैथिली विषयमा पीएचडी गरेका डा. लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाशप्राप्त कर्मचारी थिए । उनले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रा वृत्तान्त र लोकसाहित्यलगायत विभिन्न विधामा महत्वपूर्ण योगदान दिएका छन् । उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो ।

उनका प्रमुख कृतिमा ‘साक्षात्कार’, ‘माधव नहि अएला मधुपुरसँ’, ‘हमर विदेश भ्रमण’, ‘महाकवि विद्यापति’ र ‘खिस्सा पिहानी’ रहेका छन् । उनी ‘विद्यापति’ सिरियलका रचयिता तथा मैथिली त्रैमासिक ‘नैमिकानन’का सम्पादकसमेत थिए ।

साहित्यमा योगदानका लागि उनले मिथिला रत्न, ज्योतिरीश्वर साहित्य सम्मान, प्रादेशिक प्रतिभा पुरस्कार र नेपाल विद्यापति मैथिली भाषा-साहित्य पुरस्कारलगायत विभूषित छन् ।

जनकपुरधाम उपमहानगरपालिका–११ स्थित निवासमा बस्दै आएका डा. लालको जन्म १९४३ मार्च २ मा धनुषाको साविक देवडिहा गाविस-३, खिरखिरिया गाउँमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?