+
+
Shares

क्षतिग्रस्त पूर्वाधार निर्माणमा सहयोग गर्ने निर्माण व्यवसायी महासंघको प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १४:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले १० भदौको त्रिशूली बाढीपछि नुवाकोटका विभिन्न स्थानमा भएको मानवीय र भौतिक क्षतिको स्थलगत निरीक्षण गरेको छ।
  • महासंघले ढुङ्गेको बुद्ध मन्दिर तलबाट त्रिशूली बजार जोड्ने २ सय ५० मिटर झोलुङ्गे पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताएको छ।
  • पुल बनेपछि नुवाकोट जिल्ला अस्पतालसहित किसपाङ्ग, मेघाङ र विदुरका केही वडाको विच्छेद भएको सम्पर्क पुनःस्थापना भई ५० हजारभन्दा बढी स्थानीय लाभान्वित हुने देखिएको छ।

२१ भदौ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नुवाकोट जिल्लाका विभिन्न ठाउँमा भएको मानवीय तथा भौतिक क्षतिको स्थलगत निरीक्षण गरेको छ ।

१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । महासंघ अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसायी संघ नुवाकोटका प्रतिनिधिहरूसँगै देवीघाट, ढुङ्गे, गेर्खुटार, शुभघाट लगायतका क्षेत्रमा बाढीका कारण भएको क्षतिबारे जानकारी लिएको छ ।

स्थलगत निरीक्षणपछि तत्काल ढुङ्गेको बुद्ध मन्दिरको तल्लो भागबाट त्रिशूली बजार जोड्ने गरी २ सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माण गर्दा नुवाकोटसहित छिमेकी जिल्लाका ५० हजार भन्दा बढी स्थानीय लाभान्वित हुने देखिएपछि महासंघले पूर्वाधार मन्त्रालयसँगको समन्वयमा उक्त पुल निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताएको छ ।

मन्त्रालयका प्राविधिक विज्ञहरूसँगको परामर्शमा पुल निर्माण कार्यलाई अघि बढाइने महासंघका अध्यक्ष निकोलस पाण्डेले जानकारी दिए । पुल निर्माणपछि नुवाकोट जिल्ला अस्पताल सहित किसपाङ्ग र मेघाङ गाउँपालिका तथा विदुर नगरपालिका वडा नम्बर ७, ८, ९ र ३ का केही भूभागसँग विच्छेद भएको सम्पर्क पुर्नस्थापना भइ हजारौं लाभान्वित हुने स्थानीयको भनाइ छ ।

महासंघ अध्यक्ष पाण्डे नेतृत्वको प्रतिनिधिमण्डललाई विदुर नगरपालिकाका प्रमुख, जिल्ला स्थित नेपाली सेनाका उच्च पदस्थ अधिकारी र सडक डिभिजन कार्यालयका प्रमुखले बाढीका कारण नुवाकोटमा भएको क्षति र अबको निकासबारे अवगत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?