+
+
Shares

नुवाकोटका होल्डिङ सेन्टर व्यवस्थापनबारे संघ-संस्थाहरूलाई छलफलमा बोलाइयो

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना निकालेर जिल्लामा रहेका होल्डिङ सेन्टरहरुको व्यवस्थापनलगायतका सम्बन्धमा आवश्यक छलफल गर्न सोमबार दिउँसो ४ बजे बैठक राखेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १४:३९

२१ भदौ, काठमाडौं । रसुवा बाढीपछि उद्धार गरिएका व्यक्तिहरूलाई  विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ ।

यस्तोमा नुवाकोटका होल्डिङ सेन्टरहरूको व्यवस्थापनबारे सरकारी/गैरसरकारी संघ संस्थाहरूसँग छलफल गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना निकालेर जिल्लामा रहेका होल्डिङ सेन्टरहरुको व्यवस्थापनलगायतका सम्बन्धमा आवश्यक छलफल गर्न सोमबार दिउँसो ४ बजे बैठक राखेको हो । बैठक जिल्ला प्रशासन कार्यालयको सभाहलमै बस्ने भनिएको छ ।

उक्त बैठकमा सहभागी हुन सरकारी तथा गैरसरकारी संघ संस्थाहरू सबैलाई आमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?