+
+
Shares

नाम्रुङका बाढी पीडितलाई राहत पठाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ।
  • आइतबार बिहान चाराङ लेक र चाराङ खोलामा आएको बाढीले दुई घर, तीन घर, दुई होटल र जगत होटल बगाएको गृह मन्त्रालयले जनाएको छ।
  • बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।

२१ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङका बाढी पीडितका लागि राहत सामग्री पठाउने तयारी गरिएको छ। गृहमन्त्री सुधन गुरुङको गृह पालिकाको नाम्रुङमा आइतबार बिहान बाढी आएको थियो।

नाम्रुङको चाराङ लेक र चाराङ खोलामा आएको बाढी आएको हो। प्रारम्भिक विवरणअनुसार चाराङ लेक क्षेत्रमा लाक्पा बुटीका दुईवटा घर र छिरिङ वाङ्दीका तीनवटा घर, उर्गेन चेतन होटल र नुर्वु वाङ्गल होटल पूर्ण रूपमा क्षति पुगेको छ।

यस्तै, चाराङ खोलामा आएको बाढीले बुढीगण्डकी पुल तथा जोलुङ्गे पुल नजिक रहेको जगत होटल रूपमा बगाएको छ। छेवाङ दोर्जेको घरसमेत जोखिमपूर्ण अवस्थामा रहेको गहमन्त्रालयले जनाएको छ।

बाढीपहिरोका कारण नाम्रुङ क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?