+
+
Shares

ठमेलमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने युवक पक्राउ

सामाजिक सञ्जालमा केहीदिनअघि ठमेलको फुटपाथमा हिँडिरहेकी एक युवतीमाथि ती युवकले ‘ब्याट टच’ गरेको भिडिओ भाइरल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १८:४२

२१ भदौ, काठमाडौं । ठमेलमा फुटपाथमा हिँडिरहेकी युवतीलाई ‘ब्याड टच’ गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने ३० वर्षीय सालिम साह रहेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार राति कलंकीबाट पक्राउ गरेको जनाइएको छ ।

सामाजिक सञ्जालमा केहीदिनअघि ठमेलको फुटपाथमा हिँडिरहेकी एक युवतीमाथि ती युवकले ‘ब्याट टच’ गरेको भिडिओ भाइरल भएको थियो ।

उक्त भिडिओ भदौ १६ गते राति ८ बजेतिरहेको रहेको प्रहरीले जनाएको छ ।

सोही भिडिओका आधारमा संलग्न व्यक्ति खोज्दै जाँदा ती व्यक्ति पक्राउ परेका साह नै रहेको खुलेको जनाइएको छ ।

उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान गरिरहेको एसपी दानबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?