+
+
Shares

अमेरिकाको मियामी एयरपोर्टमा विमान दुर्घटना, पाँच जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
  • स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गरेको बोइङ ७६७–३०० विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिरिएको प्रारम्भिक विवरणमा उल्लेख छ।
  • दुर्घटनापछि विमानले केही सवारीसाधनलाई ठक्कर दिएको र आगलागी हुँदा करिब २०० दमकलकर्मीले आगो नियन्त्रण तथा उद्धार कार्य गरेका थिए।

२२ भदौ, अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गरेको बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिर गएको प्रारम्भिक विवरणमा उल्लेख छ।

दुर्घटनापछि विमानले विमानस्थल परिसरमा रहेका केही सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि विमानमा आगलागी भएको थियो।

दुर्घटनाको सूचना पाएलगत्तै करिब २०० जना दमकलकर्मी घटनास्थलमा पुगेका थिए। उद्धार तथा राहत टोलीले आगो नियन्त्रणमा लिनुका साथै घाइतेहरूको उद्धार गरेको थियो।

अधिकारीहरूका अनुसार घाइतेमध्ये तीन जनालाई स्थानीय ट्रमा सेन्टरमा लगिएको छ भने अन्य दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?