२२ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनलले चेल्सीमाथि २–१ को पुनरागमन जित हासिल गरेको छ ।
इमिरेट्स स्टेडियममा भएको खेलमा चेल्सीले दोस्रो मिनेटमै मोर्गन रोजर्सको गोलबाट अग्रता लिएको थियो । जोरेल हातोको पासमा रोजर्सले गोल गर्दै पाहुना टोलीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
तर आर्सनल पहिलो हाफमै खेलमा फर्कियो । २५औं मिनेटमा काइ हाभेर्ट्जले डेक्लान राइसको असिस्टमा बराबरी गोल गरे ।
दोस्रो हाफ सुरु भएको पाँच मिनेटमै कप्तान मार्टिन ओडेगार्डले क्रिस्टोस जोलिसको पासलाई गोलमा परिणत गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।
बाँकी समयमा चेल्सीले बराबरी गोलको प्रयास गरे पनि आर्सनलले आफ्नो अग्रता जोगाउँदै घरेलु मैदानमा महत्वपूर्ण तीन अंक हात पार्यो ।
म्यान्चेस्टर सिटी र हल सिटीसँगै शतप्रतिशत जित कायमै राखेको आर्सनल दोस्रो स्थानमा छ । सिटीसँग समान गोलअन्तर भएपनि सिटीले धेरै गोल गरेका आधारमा शीर्षस्थानमा छ ।
गएराति नै भएको अर्को खेलमा एभर्टन र म्यान्चेस्टर युनाइटेडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
प्रतिक्रिया 4