+

एनभीएलमा कर्णाली शिवराजको लगातार दोस्रो जित

२०८३ भदौ  २१ गते २२:५१ २०८३ भदौ २१ गते २२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली शिवराजले नेपाल भलिबल लिगमा लगातार दोस्रो जित हात पारेको छ ।
  • लगातार दोस्रो जितपछि कर्णाली ६ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लेको छ ।
  • अन्नपूर्ण स्पाइकर किंग्सले सोमबार काठमाडौं रेड्सलाई सोझो सेटमा हराउँदै लिगमा पहिलो जित दर्ता गरेको छ ।

२१ भदौ, काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सोमबारको दोस्रो खेलमा कर्णालीले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै जित यात्रा कायम राखेको हो ।

कर्णालीले तीनै सेट समान २५–१९ को स्कोरमा आफ्नो पक्षमा पार्दै जित निकालेको हो ।

कर्णालीका इरानी खेलाडी अलिरेजा अबालुच ‘प्लेअर अफ द म्याच’ घोषित भए ।

कर्णालीले पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सलाई ३–१ ले पराजित गरेको थियो । लगातार दोस्रो जितपछि कर्णाली ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

खप्तडको भने यो लगातार दोस्रो हार हो । खप्तड पहिलो खेलमा सगरमाथा स्म्यासर्ससंग पनि  सोझो सेटमै पराजित भएको थियो ।

सोमबार भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले काठमाडौं रेड्सलाई सोझो सेटमा हराउँदै पहिलो जित हात पारेको छ ।

लिगमा सोमबार मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर किंग्स तथा सगरमाथा स्म्यासर्स र कर्णाली शिवराजबीच खेल हुनेछ ।

केडिया ग्रुपको आयोजनामा भइरहेको लिगमा ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

एनभीएल कर्णाली शिवराज नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय