News Summary
Generated by OK AI. Editorially reviewed.- काभा बिच भलिबलमा नेपालका सुनिता राई र भावना डाँगीको जोडीले भुटानको थिम्पुमा भएको फाइनलमा रजत पदक जितेको छ।
- फाइनलमा नेपालले पहिलो सेट २१–१७ ले जिते पनि दोस्रो र तेस्रो सेट २१–१५ र १५–५ ले गुमाएको छ।
- पुरुषतर्फको उपाधि श्रीलंकाका दिलीपा सदुन मदुसंकाको जोडीले जितेको छ।
२१ भदौ, काठमाडौं । काभा बिच भलिबलको महिलातर्फ नेपालका सुनिता राई र भावना डाँगीको जोडीले रजत पदक जितेको छ ।
भुटानको थिम्पुमा भएको फाइनल खेलमा भारतका दीपिका–पवित्रा जोडीसँग पराजित हुँदा सुनिता–भावनाको जोडीले रजत पदकमा चित्त बुझायो ।
पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पारेको नेपाली टोलीले दोस्रो र तेस्रो सेट गुमाउँदै स्वर्ण पदक जित्नबाट बञ्चित बन्यो । भारतीय टोलीले दोस्रो सेट २१–१५ र तेस्रो सेट १५–५ ले जित्दै स्वर्ण पदक हात पार्यो ।
नेपालको कमला पुन र कोपिला राना जोडी सेमिफाइनलमा भारतका दीपिका–पवित्रा जोडीसँग नै पराजित भएको थियो ।
पुरुषतर्फको उपाधि श्रीलंकाका दिलीपा सदुन मदुसंकाको जोडीले जितेको छ ।
नेपालबाट महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोडीले सहभागी भएपनि सेमिफाइनलसम्म पुग्न सकेनन् ।
प्रतिक्रिया 4