+

किकबक्सिङमा अविरल च्याम्पियन

२०८३ भदौ  २१ गते १६:०३ २०८३ भदौ २१ गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानको नागोयास्थित करिया हलमा भएको किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा अविरल घिमिरेले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै ७० केजीमा च्याम्पियन बने ।
  • अविरलको २९ अन्तरराष्ट्रिय प्रतियोगितामा यो २१ औं जित हो, जसमा २० जित नकआउट आधारमा भएका छन् ।
  • जितपछि अविरलले रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाए ।

२१ भदौ, काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ–५९ अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता पाएका छन् ।

जापानको नागोयास्थित करिया हलमा भएको प्रतियोगिताको पुरुष ७० केजीमा ‘हिमालयन चितुवा’ उपनामले चिनिने अविरलले फ्रान्सका माथन चोइनार्डलाई नकआउट गर्दै च्याम्पियन बने । माथन २०२५ का च्याम्पियन हुन् ।

करियरको २९ अन्तरराष्ट्रिय प्रतियोगितामा चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधाराका अविरलको २१ औं जित हो । २१ जित मध्ये अविरल २० खेलमा नकआउट आधारमा विजयी भएका छन् ।

जितपछि अविरलले हालै रसुवाको भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले हालसम्म आफ्नो खेल यात्रामा साथ र सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत दिए ।

अविरल घिमिरे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय