+
+
Shares

फिलिपिन्समा मनसुन र चक्रवातको कहर : ४३ जनाको मृत्यु, १ करोडभन्दा बढी प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १०:०१

२२ भदौ, काठमाडौं । फिलिपिन्समा गत अगस्ट महिनाको सुरुदेखि सक्रिय मनसुन र चारवटा उष्णकटिबन्धीय चक्रवातका कारण ४३ जनाको मृत्यु भएको छ।

फिलिपिन्सको नागरिक प्रतिरक्षा कार्यालयले आइतबार दिएको जानकारीअनुसार यी प्राकृतिक विपत्तिका कारण कृषि तथा पूर्वाधार क्षेत्रमा नराम्रो असर परेको छ।

विपद्‌बाट ११ अर्ब ९२ करोड पेसो (करिब १९ करोड १ लाख अमेरिकी डलर) बराबरको आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान छ।

तथ्यांकमा क्षतिको विवरणः

मानवीय क्षति : हालसम्म ४३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। बेपत्ता रहेका ५ जनाको खोजी कार्य अझै जारी छ।

प्रभावित जनसंख्या : विपद्‌बाट फिलिपिन्सका ६ हजार ९०० गाउँका करिब २९ लाख परिवारका १ करोड २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्।

भौतिक क्षति : कुल ४ हजार ५०० घरमा क्षति पुगेको छ। जसमध्ये ३ हजार ९०० घरमा आंशिक क्षति पुगेको छ भने ५८५ वटा घर पूर्ण रूपमा नष्ट भएका छन्।

मनसुन र लगातारका चक्रवातले जनजीवन अस्तव्यस्त बनाउनुका साथै ठूलो मात्रामा कृषि उब्जनी र सडक सञ्जालमा क्षति पुर्‍याएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?