+

विश्व सभात च्याम्पियनसिपमा नेपालका बसिलले प्रतिस्पर्धा गर्ने

२०८३ भदौ  २२ गते ११:५६ २०८३ भदौ २२ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्सको बुलङ–सुर–मेरमा सेप्टेम्बर ९ देखि १३ सम्म हुने विश्व सभात असट च्याम्पियनसिपमा बसिल त्वयनाले सिनियर ८५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
  • प्रतियोगितामा सहभागी हुन दुई सदस्यीय नेपाली टोली आइतबार फ्रान्स प्रस्थान गरेको छ, र टोलीका प्रशिक्षक लक्ष्मण बस्नेत पनि सहभागी हुनेछन् ।
  • बसिलले यसअघि भारतमा भएको छैटौं एसियन सभात प्रतियोगितामा स्वर्ण, उज्बेकिस्तानमा विश्व यूथ सभातमा रजत, र काठमाडौँमा सातौँ एसियन सभात प्रतियोगितामा स्वर्ण जितेका थिए ।

२२ भदौ, काठमाडौं । फ्रान्सको बुलङ–सुर–मेर शहरमा सेप्टेम्बर ९ देखि १३ तारिखसम्म आयोजना हुने विश्व सभात असट च्याम्पियनसिपमा नेपालका बसिल त्वयनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगितामा सहभागी हुन दुई सदस्यीय नेपाली टोली आइतबार फ्रान्स प्रस्थान गरेको छ । प्रतियोगितामा विश्वभरका ४५ देशका करिब ४०० खेलाडी तथा अफिसियलको सहभागिता रहनेछ ।

नेपाल सभात संघका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक मास्टर लक्ष्मण बस्नेत टोलीको प्रशिक्षकका रूपमा सहभागी हुनेछन् भने १८ वर्षीय बसिलले सिनियर ८५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

सूर्यविनायक नगरपालिका–९, भक्तपुरका स्थायी बासिन्दा ६ फिट ४ इन्च अग्ला बसिलले यसअघि सन् २०२५ मा भारतमा भएको छैटौं एसियन सभात प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

उनले उज्बेकिस्तानमा भएको विश्व यूथ सभात प्रतियोगितामा रजत तथा गत वैशाख १८ देखि २० गतेसम्म काठमाडौँ विश्वविद्यालयमा सम्पन्न सातौँ एसियन सभात प्रतियोगितामा पनि स्वर्ण पदक जितेका छन् ।

अनुभव र शारीरिक उचाइका कारण लिग प्रणालीमा हुने विश्व च्याम्पियनसिपमा पनि पदक जित्नेमा आफू आशावादी रहेको एसियन सभात कन्फेडेरेसनका महासचिवसमेत रहेका प्रशिक्षक लक्ष्मण बस्नेतले बताए ।

टोलीलाई नेपाल सभात संघका सल्लाहकार तथा पूर्व राज्यमन्त्री डा. विराजबहादुर बिष्ट, महासचिव तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि बेञ्जनकार, संघका उपाध्यक्ष दधीराम कँडेल तथा प्रशिक्षकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विजयको शुभकामनासहित बिदाइ गरेका थिए ।

विश्व सभात च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय