+
+
Shares

धनकुटामा पुराना उद्योग बन्द, नयाँ १४८ दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटामा गत आर्थिक वर्ष २०८२/८३ मा १५१ उद्योग बन्द भएका छन् भने १४८ नयाँ उद्योग दर्ता भएका छन्।
  • घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार प्रशासनतर्फ १११ र वाणिज्यतर्फ ३७ नयाँ उद्योग दर्ता भएका हुन्।
  • कार्यालयमा हालसम्म चार हजार २९३ उद्योग दर्ता रहेका छन् र ७६४ उद्योग नवीकरण भएका छन्।

२२ भदौ, धनकुटा । धनकुृटा जिल्लामा पुराना उद्योग बन्द गर्ने र नयाँ उद्योग स्थापना गर्नेहरुको सङ्ख्या घट्दै गएको छ । गत वर्ष १५१ उद्योग बन्द भएका छन् भने चालु आर्थिक वर्ष २०८३/८४ मा  १४८ नयाँ उद्योग दर्ता भएका छन् ।

नव युवामा उत्साह र अनुदान लगायतका सेवा पाइने भएकाले उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख माधव बाँस्कोटाले बताउनुभयो ।  प्रक्रिया र मापदण्डअनुसार मात्रै छनोट गरी अनुदान वितरण गर्ने गरेकाले अनुदान नपाउने व्यवसायीले उद्योग बन्द गर्ने गरेको उनले बताए ।

गत आर्थिक वर्ष २०८२/८३ मा धनकुटामा १५१ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको तथ्याङ्कअनुसार जिल्लामा उद्योग बन्द हुनेको सङ्ख्या यस्तो पाइएको हो ।  जिल्लामा गत आर्थिक वर्षमा १२३ उद्योग बन्द भएका छन् । वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन् । गत आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

जसमा वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १११ उद्योग नयाँ दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिए । उनका अनुसार उत्पादकमूलक १५, कृषि तथा वनजन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधिका पाँच गरी १११ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।

वाणिज्यतर्फ खाद्यान्न र किराना गरी ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार प्रशासनतर्फ ५१६, र वाणिज्यतर्फ २४८ गरी जम्मा ७६४ उद्योग नवीकरण भएका छन् ।

कार्यालयमा हालसम्म चार हजार २९३ उद्योग दर्ता रहेका छन् । कार्यालयमा रु एक करोड ८५५ पुँजी वृद्धि भएको छ भने रु ३५ लाख १७ हजार ३९९ कर जम्मा भएको कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग दर्ता हुनेको संख्या भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा १३४ वटा नयाँ उद्योग दर्ता भएका थिए भने गत आर्थिक वर्षमा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योग बन्द हुनेको सङ्ख्या भने झण्डै दोब्बरले घटेको छ । अघिल्लो आर्थिक वर्ष धनकुटामा ३३६ उद्योग बन्द भएका थिए भने गत आर्थिक वर्षमा १५१ वटा मात्रै उद्योग बन्द भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?