+

एसियन गेम्स क्रिकेट : क्वाटरफाइनल पुगे नेपालको भेट भारत वा श्रीलंकासँग

२०८३ भदौ  २२ गते १३:२९ २०८३ भदौ २२ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा हुने एसियन गेम्स २०२६ को क्रिकेटमा नेपाल समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने तय भएको छ ।
  • समूह ए मा रहेको नेपालले समूह विजेता बने श्रीलंकासँग र उपविजेता बने भारतसँग क्वाटरफाइनलमा खेल्नेछ ।
  • नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको हो ।

२२ भदौ, काठमाडौं । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ ।

समूह चरण पार गरेर अगाडि बढेमा नेपालको भेट भारत वा श्रीलंकामध्ये एक टोलीसँग हुनेछ । समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता भएमा श्रीलंकासँग खेल्नेछ ।

समूह उपविजेता बनेमा नेपालको भेट भारतसँग हुनेछ । नेपालले यसअघि सन् २०२३ मा भएको एसियन गेम्समा पनि क्वाटरफाइनलमा भारतसँग खेलेर पराजित भएको थियो ।

समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान छन् । भारत, बंगलादेश, श्रीलंका र पाकिस्तान सोझै क्वाटरफाइनल खेल्ने छन् ।

हरेक समूहबाट शीर्ष २ टोलीले क्वाटरफाइनल खेल्ने प्रावधान छ ।

यसपटक नेपालले सिंगापुरमा भएको एसियन गेम्स छनोटमा अपराजित रहेर एसियन गेम्समा स्थान बनाएको थियो ।

एसियन गेम्स एसियन गेम्स क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय