News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप डिभाइडरमा ठोक्किएर पल्टिँदा चालक २२ वर्षीय जैमुदिन अन्सारीको मृत्यु भएको छ।
- सोमबार पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
- जिपका सहचालक २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन् र उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
२२ भदौ, काठमाडौं । वीरगञ्ज-पथलैया सडकखण्ड अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-७ छातापिपरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार बाराको पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ च २२७७ नं. को जिप अनियन्त्रित भई डिभाइडरमा ठोक्किन पुगेको थियो ।
डिभाइडरमा ठोक्किए जिप पल्टिन पुग्दा जिप चालक पर्साको वीरगञ्ज महानगरपालिका-३० प्रोसतीपुरका २२ वर्षीय जैमुदिन अन्सारी घाइते भएका थिए ।
उनलाई उपचारका लागि बाराको परावनीपुरस्थित एलएस न्यूरो अस्पताल पुर्याइएको थियो । तर चिकित्सले उनलाई मृत घोषण गरेको प्रहरीले जनाएको छ ।
जिपका सहचालक पर्साको विश्रामपुर गाउँपालिका-९ का २० वर्षीय स्वयमभुला अन्सारी घाइते भएका छन् । उनको परावनीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4