+

नेपालको बाढीप्रति ऐक्यबद्धता जनाउन च्याम्पियन्स लिगका सुरुवाती खेलअघि मौनधारण

२०८३ भदौ  २२ गते १५:१० २०८३ भदौ २२ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यूईएफएले च्याम्पियन्स लिगअन्तर्गत सुरुवाती चरणका सबै खेलअघि नेपाल बाढीका मृतकप्रति एक मिनेट मौनधारण गर्ने भएको छ।
  • अगस्ट २६ मा आएको विनाशकारी आकस्मिक बाढीका पीडितको सम्मानमा 'यू आर नट अलोन नेपाल' लेखिएको ब्यानर पनि प्रदर्शन गरिनेछ।
  • यूईएफए अध्यक्ष आलेक्सान्दर चेफेरिनले सम्पूर्ण युरोपेली फुटबल परिवार नेपालका जनतासँग एकजुट रहेको बताएका छन्।

२२ भदौ, काठमाडौं । युरोपेली फुटबल महासंघ (यूईएफए) ले च्याम्पियन्स लिगअन्तर्गत सुरुवाती चरणका सबै खेलअघि नेपाल बाढीप्रति ऐक्यबद्धता जनाउँदै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्ने भएको छ ।

यूईएफएका अनुसार अगस्ट २६ मा नेपालमा आएको विनाशकारी आकस्मिक बाढीका पीडितको सम्मानमा सबै खेलअघि एक मिनेट मौनधारण गरिनेछ । साथै, ऐक्यबद्धताको प्रतीकस्वरूप ‘यू आर नट अलोन नेपाल’ लेखिएको ब्यानर पनि प्रदर्शन गरिनेछ ।

यूईएफए अध्यक्ष आलेक्सान्दर चेफेरिनले सम्पूर्ण युरोपेली फुटबल परिवार नेपालका जनतासँग एकजुट रहेको बताएका छन् ।

‘यस साताका खेलअघि हामी नेपालका जनताप्रति गहिरो समवेदना र समर्थन व्यक्त गर्न एकसाथ उभिनेछौं। यस दुःखद घटनापछि पुनःस्थापनाको यात्रामा उनीहरूलाई शक्ति र धैर्यको कामना गर्दछौं’ चेफेरिनले भने ।

च्याम्पियन्स लिग भोलि (मंगलबार) रातिदेखि सुरु हुँदैछ ।

च्याम्पियन्स लिग फुटबल नेपाल बाढी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय