+
+
Shares

रसुवा बाढी : शिक्षण अस्पतालमा १९ घाइते उपचाररत, ५६ जना डिस्चार्ज (नामसहित)

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर त्रिवि शिक्षण अस्पताल ल्याइएका ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीको बाढीमा घाइते भएर त्रिवि शिक्षण अस्पताल ल्याइएका ५६ जना सोमबार बेलुकीसम्म डिस्चार्ज भएका छन्।
  • अस्पतालका अनुसार उपचारका लागि ल्याइएका ८१ जनामध्ये अहिले १९ जना उपचाररत छन् र एक जनाको मृत्यु भइसकेको छ।
  • घाइतेको अर्थोपेडिक, न्युरोसर्जरी, आईसीयू, एचडीयू र प्लास्टिक सर्जरी विभागमा उपचार भइरहेको छ।

२२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएर त्रिवि शिक्षण अस्पताल ल्याइएका ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् । अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सोमबार बेलुकीसम्म ५६ जना डिस्चार्ज भएका हुन् ।

उपचारका लागि ल्याइएका ८१ जना मध्ये अहिले एकको डिस्चार्जको तयारी अवस्थामा राखिएको छ । त्यस्तै, हाल १९ जना घाइते उपचाररत छन् । एकको मृत्यु भइसकेको छ ।

बाढीमा परी गम्भीर घाइते भएका केही बिरामीलाई उपचारपछि अवस्था सुधारिएसँगै अस्पतालबाट डिस्चार्ज गरिएको हो । अस्पतालमा अझै उपचाररत घाइतेको अवस्था हेरेर थप उपचार तथा निगरानी भइरहेको छ ।

घाइतेहरूलाई अर्थोपेडिक, न्युरोसर्जरी, आईसीयू, एचडीयू र प्लास्टिक सर्जरीलगायतका विभागमा उपचार गरिएको अस्पतालको जनाएको छ ।

अस्पतालको तथ्यांकमा पछिल्लो पटक थपिएका बिरामीमा ६३ वर्षीया चण्डिका श्रेष्ठ, ६५ वर्षीय कृष्ण श्रेष्ठ र ६१ वर्षीया सनम पाल्मो छन् । चण्डिका श्रेष्ठ आईसीयू–ए४ मा उपचाररत छन् भने कृष्ण श्रेष्ठ डिस्चार्ज भइसकेका छन् । सनम पाल्मोको इमर्जेन्सी कक्षमा उपचार भइरहेको विवरणमा उल्लेख छ ।

केही बिरामीलाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको पनि अस्पताल स्रोतले जनाएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर विभिन्न अस्पतालमा उपचार गरिएको थियो । बाढीपछि आफन्तको अवस्था पत्ता लगाउन तथा घाइतेको खोजीमा परिवारका सदस्यहरू अस्पताल पुग्ने क्रमसमेत जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?