+
+
Shares

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भारतको मध्य प्रदेशमा विषाक्त मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको मध्य प्रदेशको सागर जिल्लास्थित बाँदा क्षेत्रमा विषाक्त मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ।
  • घटनामा १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन् र केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।
  • स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरी १० जनालाई पक्राउ गरेको छ र दोषीमाथि कडा कारबाही गर्ने जनाएको छ।

२३ भदौ, नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतको मध्य प्रदेशमा विषाक्त मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्।

घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो।

सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्।

उनीहरूमा बान्ता हुने, चक्कर लाग्ने र धमिलो देखिनेजस्ता लक्षण देखिएका छन्। साथै मिर्गौलामा समेत असर देखिएकाले मिथाइल अल्कोहलका कारण विषाक्तता भएको आशंका गरिएको छ।

स्थानीय प्रहरीले कम्तीमा २० जनाविरुद्ध उजुरी दर्ता गरिएको र तीमध्ये १० जनालाई पक्राउ गरिएको जनाएको छ। दोषी ठहरिएकामाथि कडा कारबाही गरिने प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?