News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले नागरिकलाई दु:ख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको बताएका छन्।
- काठमाडौंमा जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभामा उनले चिल्ला भाषण गर्ने संस्कार बदल्न सरकारमा आएको बताए।
- उनले काम गर्ने नेताहरू चुनेको भन्दै हतार नभएको र थाक्दा मात्रै सुत्ने बताएका छन्।
२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकलाई दु:ख नहोस् भन्नका लागि आफू नेतृत्वको सरकारले निरन्तर काम गरिरहेको जिकिर गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
यसअघि धेरै नेताहरूले चिल्ला भाषण गरेको र आफूहरू त्यही संस्कार परिवर्तन गर्नका लागि सरकारमा आएको बताए ।
‘कत्रा कत्रा नेताहरूले जमानादेखि भाषण गरेका हुन् । जमानादेखि चिल्लाचिल्ला भाषण हामीले देखिसकेको हो । हाम्रो आमाबुवाले भोगिसकेको पनि हो,’ गृहमन्त्री गुरुङले भने, ‘हामीले त्यसको रिजल्ट हामीले भोग्नुपरेको थियो । अहिले काम गर्ने नेताहरू चुन्नुभएको छ ।’
उनले थप स्पष्ट पार्दै भने, ‘हामीलाई ५ बजे कतिबेला घर जानुपर्छ भनेर हतार छैन । आज हामीले कति जना नागरिकलाई दु:ख नहुन दिनका लागि काम गर्यौं भनेर मात्रै हामी काम गर्छौं । त्यो घडी मात्रै हामी हेर्छौं । जब थाक्छौं तबमात्रै सुत्छौं । घडीको टिकटिकबाट हामी सुत्नेवाला छैनौं ।’
प्रतिक्रिया 4