+
+
Shares

रसुवा बाढी : प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा मङ्गलबार बिहान ९:०० बजेसम्म रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको छ।
  • नौ वटा वाणिज्य बैङ्कमा कोषको रु ८ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ।
  • रसुवाका बाढीपीडितका लागि यसअघि रु १ अर्ब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा निकासा भएको कार्यालयले जनाएको छ।
  • हिमालयन बैङ्क र लक्ष्मी सनराइज बैङ्कको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको कार्यालयले जनाएको छ।

२३ भदौ, काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो।

अहिले नौ वटा वाणिज्य बैङ्कमा आठ अर्ब ५९ करोड १९ लाख चार हजार २२३ मौज्दात छ। राहत कोषमा जम्मा भएको रकमबाट यसअघि एक अर्ब रसुवाका बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन  प्राधिकरणका  नाममा निकासा भइसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

यसैगरी, हिमालयन बैङ्क लिमिटेड र लक्ष्मी सनराइज बैङ्क लिमिटेडमा रहेको डलर खातामा दुई करोड ११ लाख आठ हजार ४७१ जम्मा भएको पनि कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?