+
+
Shares

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १२ अर्ब मौज्दात

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ९ वटा खातामा ८ अर्ब ७६ करोड ६९ लाख र दुई डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात छ ।
  • डलरलाई १५०.८८ का दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
  • रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ ।

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मौज्दात रकम १२ अर्ब रुपैयाँ हाराहारी देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार ९ वटा खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात छ । डलरलाई १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको छ ।

रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन ७ अर्ब ६८ करोड ४४ लाख  रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ । जुन विपद् अघिको २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो ।

भदौ २३ गते एकै दिन ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको छ । राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?