News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत वितरण र उपचारबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
- सिंहदरबारमा जारी छलफलमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ भइरहेको छ।
- प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको छ।
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल थालेको उनको सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भइरहेको छ ।
प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4