+
+
Shares

रसुवा बाढी गम्भीर राष्ट्रिय संकट हो, सरकार गम्भीर होस् : बासना थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले भोटेकोशी नदीको बाढीपछिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन थप जनशक्ति, प्रविधि र उपकरण परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
  • कांग्रेस प्रमुख सचेतक बासना थापाले नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व भएको बताउँदै संकटमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरिन्।
  • उनले रसुवामा दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धारले गति नलिएको आरोप लगाउँदै सम्पर्कविहीनको विवरण अद्यावधिक गर्न माग गरिन्।

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु रहेको स्मरण गराउँदै संकटको घडीमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरिन् ।

उहाले  रसुवामा विनाशकारी बाढी आएको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको आरोप लगाइन् ।

‘यो केवल प्राकृतिक विपत्ति नभई सयौं परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय सङ्कट हो,’ उनले भनिन् ।

रसुवा घटनापछि दैलेख तथा कर्णाली क्षेत्रका थुप्रै नागरिकहरू अझै सम्पर्कविहीन रहेकाले सम्पर्कविहीनहरूको यथार्थ विवरण तत्काल अद्यावधिक गरी परिवारजनलाई सही सूचना दिन सरकारसँग माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?