+
+
Shares

भोटेकोशी बाढीबारे हलिउड अभिनेता रिचर्ड गेरे : जनधनको विनाश हृदयविदारक

गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक नेपाल आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल-तिब्बत सीमाको पहिरो र आकस्मिक बाढीपछि नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् ।
  • गेरेले ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ भन्दै सामाजिक सञ्जालमा सन्देश पोस्ट गरेका छन् ।
  • उनले नेपालदेखि तिब्बतको ग्यिरोङ र सिगात्से क्षेत्रसम्म बाढीले पुर्‍याएको विनाश हृदयविदारक लागेको बताएका छन् ।

नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् ।

‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् ।

गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक नेपाल आएका थिए । त्यस क्रममा तिब्बती भिक्षु र लामाहरूसँग भएको भेटपछि उनी सन् १९८० को दशकको सुरुवातमा तिब्बती बौद्ध धर्ममा दीक्षित भएका थिए ।

त्यसयता उनले तिब्बती जनताको मानवअधिकार र उनीहरूको संस्कृति संरक्षणका पक्षमा वकालत गर्दै आएका छन् ।

‘यो संसारमा केही यस्ता ठाउँ हुन्छन्, जसले एकपटक तपाईंको हृदय छोएपछि वास्तवमै कहिल्यै छाड्दैनन् । हिमालय, त्यहाँका मानिस, उनीहरूको आध्यात्मिकता र असाधारण सुन्दरता धेरै वर्षदेखि मेरो जीवन र हृदयको हिस्सा बनेका छन्’ गेरेले पोस्टमा लेखेका छन् ।

उनले नेपालदेखि तिब्बतको ग्यिरोङ र सिगात्से क्षेत्रसम्म बाढीले पुर्‍याएको विनाश देख्दा हृदयविदारक लागेको बताएका छन् ।

‘यी बाढीले नेपालदेखि ग्यिरोङ र तिब्बतको सिगात्से क्षेत्रसम्म पुर्‍याएको विनाश देख्नु हृदयविदारक छ । आशा पनि जीवित छ । आज हाम्रो करुणाको कुनै सीमा छैन,’ उनले लेखेका छन् ।

अभिनेता गेरे बेला-बेलामा नेपाल भ्रमणमा आउने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?