+
+
Shares

जोर्डनमा रहेका अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार गरेको इरानको दाबी

इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १४:०८

२४ भदौ, काठमाडौं । इरानको रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) निकट समाचार एजेन्सीहरूले जोर्डनमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल आक्रमण भएको दाबी गरेका छन् ।

इरानी मिसाइलहरूले पूर्वी जोर्डनस्थित प्रिन्स हसन सैन्य आधार शिविरलाई निशाना बनाएको दाबी छ ।

इरानी स्रोतहरूले जोर्डनमा भएका मिसाइल आक्रमणको पहिलो चरणसँग सम्बन्धित धेरै भिडियो फुटेज प्रकाशित गरेका छन् । तीमध्ये केही भिडियोमा ‘इरानी मिसाइलहरू एयर डिफेन्स सिस्टमलाई भेदन गरेर सिधै लक्ष्यहरूमा खसेको’ उल्लेख गरिएको छ ।

बुधबार बिहान रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी युद्धपोतहरूमा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको दाबी पनि गरेको छ ।

यसअघि इरानले जोर्डनमा एउटा अमेरिकी सैन्य आधार शिविरमा मिसाइलहरू प्रहार गरेको थियो । जोर्डनले पछि आफ्नो एयर डिफेन्स सिस्टमले इरानले हानेका २० मिसाइलमध्ये १८ वटालाई खसालेको बताएको छ ।

जोर्डनका सशस्त्र बलका एक आधिकारिक प्रवक्ताले इरानका तर्फबाट जोर्डनतर्फ प्रहार गरिएका दुई मिसाइल बस्ती भएको क्षेत्रभन्दा टाढा खसेको बताएका छन् । अमेरिकी सेनाले इरानी तेल ट्याङ्करहरूलाई निशाना बनाएपछि यी आक्रमणहरू गरिएको इरानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?