+
+
Shares

रविको लामिछानेको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभाबाट बाहिरिए प्रधानमन्त्री बालेन

रास्वपाका सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १५:०१

२४ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिएका हुन् ।

सभापति लामिछानेले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएपछि आजको बैठकमा प्रधानमन्त्री बालेन सहभागी भएका थिए ।

उनी लामिछानेले सम्बोधन गर्नुअघि मात्रै बैठक हलमा प्रवेश गरेका थिए ।

सम्बोधनका क्रममा सभापति लामिछानेले रसुवा बाढीपछि सरकारले गरिरहेको उद्धार, उपचार र राहतको कामको बचाउ गरेका थिए । उनले महाविपद्को बेला परम्परागत शैलीमा सरकारको विरोध मात्रै गर्न नहुने बताएका थिए ।

यस्तै, उनले सरकारले गरेको उद्धार, उपचार र राहतको काममा विरोध गर्नमिल्ने कुनै पनि नराम्रो नभएको दाबी गर्दै बचाउ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?