News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीले हालसम्म ४४ जिल्लाको अधिवेशन सकेको छ र भदौ मसान्तसम्म सबै जिल्ला अधिवेशन सक्ने कार्यतालिका बनाएको छ।
- राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी जिल्लामध्ये अधिकांशको अधिवेशन भदौ मसान्तभित्रै सक्ने गरी मिति तय भएको छ।
- राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म हुने गरी तोकिएको छ।
२५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म ४४ वटा जिल्लाको अधिवेशन सकेको छ । भदौ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने राप्रपाको कार्यतालिका बनाएको थियो ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी रहेका जिल्लाहरुमा अधिकांशको भदौ मसान्तसम्म भित्रसक्ने गरी मिति तय भएको छ । आज (भदौ २५ गते) कालीकोट, भोजपुर, बारा र दोलखाको अधिवेशन हुने क्रममा छ ।
राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म हुने गरी महाधिवेशनको मिति तोकेको छ ।
हालसम्म अधिवेशन भएका जिल्लाहरु :
१. ताप्लेजुङ्
२. संखुवासभा
३. तेह्रथुम
४. सोलुखुम्बु
५. ओखलढुंगा
६. खोटाङ्
७. इलाम
८. उदयपुर
९. झापा
१०. मोरङ्
११. सप्तरी
१२. सिराहा
१३. सर्लाही
१४. पर्सा
१५. रामेछाप
१६. सिन्धुपाल्चोक
१७. काभ्रेपलान्चोक
१८. भक्तपुर
१९. चितवन
२०. लमजुङ
२१. मुस्ताङ्
२२. गोरखा
२३. म्याग्दी
२४. पर्वत
२५. बाग्लुङ्
२६. तनँहु
२७. स्याङ्जा
२८. नवलपुर
२९. कास्की
३०. नवलपरासी
३१. रोल्पा
३२. गुल्मी
३३. पाल्पा
३४. बर्दिया
३५. कपिलवस्तु
३६. दाङ्
३७. रुपन्देही
३८. मुगु
३९. हुम्ला
४०. सल्यान
४१. रुकुम पश्चिम
४२. दैलेख
४३. डोटी
४४. बैतड
प्रतिक्रिया 4