+
+
Shares

बाढी प्रभावित क्षेत्रबाट उद्धारकर्मीले टर्च पनि छैन भन्छन् : सांसद अवाल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १४:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद गंगालक्ष्मी अवालले रसुवा बाढी प्रभावितको उद्धारमा खटिएका टोलीसँग अक्सिजन मिटर, टर्च र डोरीजस्ता सामग्री अभाव भएको बताइन् ।
  • उनले टिमुरेबाट उद्धारमा खटिएका भक्तपुरका अरुण सैंजुले आफूलाई उद्धार सामग्री नपुगेको जानकारी दिएको संसद्मा बताइन् ।
  • अवालले रसुवाको भोटेकोशी बाढीमा भक्तपुरका २५ जना सम्पर्कविहीन र एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयबाट जानकारी पाएको बताइन् ।

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले रसुवा बाढी प्रभावितको उद्धारमा खटिएका टोलीहरूलाई उद्धार सामग्री अभाव भएको बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक बैठकमा बोल्दै उनले उद्धारमा खटिएका टोलीहरूलाई उद्धार सामग्री अभाव भएको बताएकी हुन् ।

सांसद अवालले उद्धारमा खटिएका भक्तपुरका अरुण सैंजुले आफूलाई उद्धार सामग्रीको अभाव रहेको जानकारी दिएको पनि संसद् बैठकमा बताइन् ।

‘मलाई आज बिहान टिमुरेबाट रेस्क्यु टिममा रहेका भक्तपुरका अरुण सैंजु (आरएनए–१६ का) ले फोन गरेर रेस्क्यु इक्विपमेन्टहरू अभाव भएको मलाई जानकारी गराउनुभएको छ,’ उनले भनिन्, ‘अक्सिजन लेभल नाप्ने मिटर छैन भनिरहनुभएको छ । टर्चहरू छैन भनिरहनुभएको छ । डोरीहरू चुँडिएको कुरा भन्नुभएको छ ।’

सांसद अवालका अनुसार सैंजु १० भदौबाट रसुवा पुगेर सुरक्षाकर्मीहरूका साथ बाढी प्रभावितको उद्धार गर्दै आएका छन् । ‘तत्काल उक्त रेक्स्यु इक्विपमेन्टहरू उपलब्ध गराउन सरकारलाई आग्रह गर्न चाहन्छु,’ उनले भनिन् ।

उनले रसुवाको भोटेकोशी बाढीमा भक्तपुरका २५ जना सम्पर्कविहीन रहेको र एक जनाको मृत्यु भएको जानकारी जिल्ला प्रशासन कार्यालयबाट पाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?