+
+
Shares

कांग्रेस महाधिवेशन : सातै प्रदेशका निर्वाचन समिति संयोजक तोकिए

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १७:३८

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनका लागि प्रदेश निर्वाचन संयोजकहरू तोकेको छ ।

निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले महाधिवेशनमा निर्वाचन सहजीकरणका लागि सात जना वरिष्ठ अधिवक्ताहरूलाई प्रदेश निर्वाचन संयोजक तोकेका हुन् ।

जसअनुसार कोशी प्रदेशमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमतीमा कृष्ण अर्याल र गण्डकीमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिइएको छ ।

यस्तै, लुम्बिनीमा दीपकुमार रेग्मी, कर्णालीमा उत्तम आचार्य र सुदूरपश्चिममा गंगाराम पाध्यायलाई संजोजक तोकिएको समिति संयोजक खड्काले जानकारी दिए ।

उनले बिहीबार वडादेखि जिल्लासम्मका पार्टी संरचनाहरूलाई पत्र पठाएर निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रबाट खटाइएका निर्वाचन अधिकृतहरूसँग आवश्यक समन्वय गर्न आग्रह गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते गाउँ–नगर वडा अधिवेशन तोकेको छ । समितिले स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्नुपर्ने भनेको छ ।

यस्तै, असोज ७ मा गाउँ–नगर अधिवेशन र असोज १० मा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तोकिएको छ ।

कांग्रेसले यसअघि नै असोज १६–१९ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्धारण गरिसकेको थियो ।

निर्वाचन समितिले पठाएको पत्रमा बाढी प्रभवित रसुवा, नुवाकोट र धादिङको हकमा तोकिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्न भनिएको छ ।

कांग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन १५ औं महाधिवेशनपछि गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?