+
+
Shares

बारामा जिपको ठक्करबाट युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते ८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको कलैया–वीरगञ्ज सडकखण्डमा बुधबार राति जिपको ठक्करबाट पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय युवकको मृत्यु भएको छ।
  • वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले गार्डेन भ्यु रिसोर्टनजिकै उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
  • प्रहरीले जिप र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतकको पहिचान खुलेको छैन र अनुसन्धान भइरहेको छ।

२६ भदौ, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

बुधबार राति करिब सवा ९ बजेतिर वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको जिपले गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।

त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएकोमा राति साढे १० बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

मृतकको शव एलएस न्युरो अस्पतालमा राखिएको छ भने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?